
दुई महिनादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा सैनामैना नगरपालिका – ६, मलमला मन्दिरले समस्या झेल्नु परेको छ ।
विद्युत् सेवा अवरुद्ध भएको दुई महिना वितिसक्दा समेत नेपाल विद्युत प्राधिकरण, मलमला एकिकृत समुदायिक विकास केन्द्र र स्थानीय सरकारले कुनै चासो नदेखाएका कारण आफूहरुले सास्ती खेप्नु परेको भक्तजनहरुले गुनासो गर्नु भएको छ ।
मंसिर,२५ गते विद्युतमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध हुँदै आएको हो ।
विद्युत अवरुद्ध हुँदा साँझ बिहान मन्दिरमा झकमक्क हुनुपर्ने र भक्तजनलाई सुरक्षाको अनुभूतिमा समेत समस्या हुने गरेको मलमला मन्दिरका पूजारीले गुनासो गर्नु भयो ।
उहाँले दुई महिला वितिसक्दा समेत बिजुलि मर्मत गरी जनतालाई सेवा दिन नसक्ने सरकार र मलमला एकिकृत सामुदायिक केन्द्रबाट नागरिकले ठुलो अपेक्षा राख्न नसकिने बताउनु भयो ।
विद्युत प्राधिकरण मुर्गिया शाखालाई विद्युत अवरुद्ध बारेमा पटक पटक जानकारी गराउँदा समेत सुनुवाइ हुन नसकेको स्थानीयले बताउनु भयो ।
विद्युत सेवा उपलब्ध गराए वाफत राज्यले कर लिदै आएको भएपनि विद्युत अवरुद्ध भएको समयमा कुनै चाँसो नदिनु नागरिकप्रति राज्यको गैरजिम्मेवार पन भएको स्थानीयको भनाइ छ ।