रामग्राम स्तुप क्षेत्रमा निजि क्षेत्रसँग गरिएको समझदारी खारेज गर्न निर्देशन, पूर्व उपाध्यक्ष त्रिपाठीकै पालामा पत्राचार

रुपन्देही। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गौतम वुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग गर्न लागिएको समझारी खारेज गर्न निर्देशन दिएको छ ।

वर्षौंदेखी विकासको पर्खाइमा रहेको रामग्राम स्तुप क्षेत्रको विकास गर्न निजि क्षेत्रको लगानी आकर्षित गर्ने गरि तयारी गरिएको भद्रसमझदारी पत्र ( MOU) लाई आइतबार बसेको संसदीय समितिको बैठकले खारेज गर्न निर्देशन दिएको हो ।
बुद्धको अष्तुधातु राखिएको विश्वकै एकमात्र सुरक्षित स्थान रामग्रामको विकास, संरक्षण र प्रवर्द्धनको अभावमा ओझेलमा परेको भन्दै यसअघि २०८० जेठ २९ गते लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले प्रमिस ल्याण्डलाई पत्र नै लेखेर रामग्राम क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गर्न प्रक्रिया अगाडि बढाएका थिए ।

उक्त प्रक्रिया अनुसार गत असोज २१ गते संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको बैठकबाट प्राप्त निर्देशन अनुसार लुम्बिनी विकास कोषको सचिवालयको बैठकले रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग भद्र समझदारी गरिएको थियो । उक्त समझदारी पत्र (MOU) खारेज गर्न आइतबार बसेको संसदीय समितिको बैठकले निर्देशन दिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation