उपाध्यक्ष डा. लामाको निर्देशनपछि लुम्विनिकाे सडक धमाधम कालोपत्रे हुँदै

माघ ६  । लुम्विनी विकास कोषका उपाध्यक्ष डा‍.ल्हारक्याल लामाले लुम्बिनि विकास कोषको गुरुयोजना अन्तरगत सडक निर्माणको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएसंगै कामले तिव्रता पाएको छ ।
निर्देशन दिए संगै निर्माण व्यबसायिले धमाधम कालोपत्रे गर्ने कामलाई तिव्रता दिएका छन् । महत्वपूर्ण आयोजनाका रुपमा हेरिएको निर्माणाधीन गुरुयोजनाको गत पुष महिना निरीक्षण गर्दै उपाध्यक्ष लामाले कामको गति निकै ढिलो भएकोले तिव्रता दिन निर्देशन दिएका थिए।

लुम्बिनि बिकास कोषको योजनालाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै उनले यसको काममा कुनैपनि लापरवाही नगर्न निर्माण व्यवसायीलाई सचेत बनाएका थिए।

‘अहिले सडक निर्माणको ८र९ प्रतिशत मात्रै काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो,’ उपाध्यक्ष लामाले भने।

उनले निर्माणको क्रममा कुनै समस्या आए त्यसको समाधानका लागि आफु सधै तत्पर रहेको भन्दै निर्माणको काममा लापरवाही र ढिलासुस्ती गर्ने छुट भने नभएको बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation