तनहुँमा जन्ती बोकेको जीप दुर्घटना

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटना भएको छ। आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आशवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा १८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो। अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल जीप खसेको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्। दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, ६ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका–३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।​आँबुखैरेनी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

यसैगरी आँबुखैरेनी –६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ र ५२ वर्षीय सेते गुरुङ घाइते भएका छन्। यस्तै जीपचालक ​आँबुखैरेनी–१ गिरौनचौर बस्ने ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी–६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ पनि घाइते भएका छन्। चितवनस्थित नयाँ मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation