
फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लुम्बिनी आउने भएका छन । फागुन १९ गते लुम्बिनी विश्व विद्यालयको पन्ध्रौँ विश्वविद्यालय सभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।
प्रधानन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था रहेका कारण प्रचण्ड बैठकमा सहभागी हुन आउन लागेका हुन । सो अवसरमा प्रधानन्त्री प्रचण्डले लुम्बिनीमा रहेको विश्वविद्यालयको नवनिर्मित केन्द्रिय कार्यालय र देवदहमा रहेकोे विश्वविद्यालयको डिनको कार्यालय उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । लुम्बिनीमा रहँदा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अगुवा कार्यकर्ता संग भेटघाट गर्ने कार्यक्रम पनि रहेको सो पार्टीले जनाएको छ ।