मोरङमा ट्रक पल्टिँदा ३ बालबालिका च्यापिए, उद्धार प्रयास जारी

११ फागुन, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् ।

मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धारको प्रयास जारी छ ।

 

ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले उद्धारको प्रयास गरिरहेको उनले बताए ।

प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्वल उद्योगमा लागि आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation