सैनामैनामा दादुरा -रुबेला खाेप अभियान सम्बन्धि अभिमुखीकरण सम्पन्न

सैनामैना नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा दादुरा रुबेला खाेप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयाेजना गरेकाे छ ।
आज सैनामैनाका जनप्रतिनिधि र संचारकर्मीहरुसंग उक्त अभियानकाे बिषय बृहत छलफल गरिएको थियाे ।
खाेप सबैकाे पहुचमा सहज र सुलभ तरिकाले पुर्याउने काममा सबैले सहयाेग गरि याे अभियानलाई सफल बनाउन सबैमा सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले आग्रह गर्नु भएकाे थियाे। सैनामैनाका हरेक नागरिक स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यले स्वास्थ सम्बन्धि विभिन्न कार्यक्रमहरु सैनामैनामा संचालन हुँदै आएकाे र नेपाल सरकारले तय गरेका हरेक स्वास्थ्य सम्बन्धि कार्यक्रम पनि लागू गर्दै आएकाे समेत प्रमुख शर्माले बताउनु भएकाे थियाे ।

याे अभियानमा स्वास्थ्यकर्मीकाे ठुलाे भुमिका हुने भएकोले सबै स्वास्थकर्मीहरुले काेही पनि नछुट्ने गरि खाेप अभियान संचालन गर्न सैनामैनाका उपप्रमुख विना रानाले आग्रह गर्नु भएकाे थियाे । याे अभियानमा सैनामैनाका सबै सराेकारवालाले हरेक तवरले सहयाेग गर्न समेत उपप्रमुखकाे आवहान थियाे ।
अभियानकाे बारेमा सैनामैनाका स्वास्थ्य शाखा प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी गराउनु भएको थियाे । अभियानकाे बारेमा सराेकारवाला सबैसंग छलफल र गाेष्ठी गर्ने र व्यापक प्रचारप्रसार गर्ने र सबै लक्षित बर्गसम्म खाेप पुर्याउनु उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयाेजना गरिएको समेत श्रेष्ठकाे भनाई थियाे । खाेपबाट बचाउन सकिने राेग नियन्त्रण गरि अपाङ्गता र मृत्युुदर कम गर्नका लागि नै यस प्रकारका कार्यक्रमहरु नेपाल सरकारले संचालन गर्दै आएकाे समेत प्रमुख श्रेष्ठले जनाउनु भएको थियाे । अभियानमा सबै पक्षले सहभागी भएर कही कतै काेही पनि नछुट्ने गरी खाेप लगाउन सहयाेग गर्न समेत श्रेष्ठले जनप्रतिनिधि र संचारकर्मीहरु आग्रह गर्नु भएकाे थियाे ।
सैनामैनामा फागुन २० गतेबाट बिधालयस्तरबाट खाेप लगाउने याेजना रहेकाे सैनामैना स्वास्थ शाखाका हेमराज पन्थीले जानकारी दिनु भयाे । फागुन २० गते देखी २३ गतेसम्म शैक्षिक संस्थाहरुमा खाेप दिईने र २४ गते छुटेका सबैलाई खाेप केन्द्रबाट खाेप दिईने ब्यवस्था मिलाईने समेत पन्थीले जानकारी दिनु भएको थियाे ।
याे खाेप अभियानमा ५ बर्ष मुनिका खाेप लगाउन छुटेका बालबालिकालाई खाेप समेत लगाउन सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation