गैंडाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते, एकको अवस्था गम्भीर

नवलपुर, फागुन १३ । नवलपुरको गैंडाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते भएका छन् । गैंडाकोटको भृकुटी चोक स्थित आइतबार बिहान ८ बजे नारायणगढबाट बर्दिया जाँदै गरेको बा.प्र.०६००१ ख ०१९६ नं को बसले सोही दिसातर्फ बाट जाँदै गरेको ना ३६ प ९०४५ नं को स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको ग १ च ७१५२ नं को बिरामी बोकी आएको एम्बुलेन्समा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक गैंडाकोट ६ बस्ने बर्ष ३३ का किशोर गौतमको खुट्टामा चोट लागेको छ । यस्तै एम्बुलेन्समा सवार डाइलोसिसको बिरामी मध्यबिन्दु १२ बस्ने ७५ बर्षीय मान बहादुर कुमालको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको छ ।

.
एम्बुलेन्समा सवार ४० बर्षीय भोट बहादुर कुमालको खुट्टामा चोट लागेको छ भने एम्बुलेन्समा सवार ४५ बर्षीय सोम बहादुर कुमालको निधारमा चोट लागेको र अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागि पठाइएको छ भने थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation