प्रधानमन्त्री प्रचण्ड १९ गते शनिवार लुम्बिनी आउँदै

फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” शनिवार लुम्बिनी आउने भएका छन । फागुन १९ गते लुम्बिनी विश्व विद्यालयको पन्ध्रौँ विश्वविद्यालय सभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था रहेका कारण प्रचण्ड बैठकमा सहभागी हुन आउन लागेका हुन । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा रहेको विश्वविद्यालयको नवनिर्मित केन्द्रिय कार्यालय एवम् अनुसन्धान केन्द्रको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड सनिवार विहान १० वजे नेपालि सेनाको हेलिकप्टर मार्फत लुम्बिनी आउने छन् । सोहि दिन १२ वजे वागलुङको पञ्चकोटको कार्यक्रममा सहभागि भई २ वजे देउखुरीमा रहेको लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्नेछन् भने साझ ४ वजे हेलिकप्टर मार्फत काठमाण्डौं पर्किने कार्यक्रम रहेको जनाईएको छ । लुम्बिनीमा रहँदा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अगुवा कार्यकर्ता संग भेटघाट गर्ने कार्यक्रम पनि रहेको सो पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation