परिणाममुखी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं फागुन २४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रिपरिषदको बैठक राखेर परिणाममुखी काम गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन्।

कही गरौं भन्ने लागेर जोखिम मोलेर आफूले नयाँ गठबन्धन बनाए हुं तपाईहरुले पनि परिणाम देखिने गरि काम गर्नुस प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिए।

‘म अल्पमतमा परेर गठबन्धन चेन्ज गरेको होइन। काम गर्न कम्फरटेवल नभएपछि जोखिम मोलेर नया सरकार बनाएको हुं त्यसैले यो सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्नैपर्ने दबाब रहेको छ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने,

मलाई काम गर्न पटक्कै सहयोग भएन, केही गरौं भन्ने मेरा स्पिरिट त्यता मिलेन, हिजो सोचेजस्तो काम गर्न सकिएन त्यसैले अब ब्रेक थ्रू गर्नु छ’ उनले भनेका थिए।

प्रधानमन्त्रीले कांग्रेससँग गठबन्धनमा रहेर रिबन काट्ने र समय कटाउनेबाहेक सोचेजस्तो र चाहेजस्तो काम गर्न असहज भएपछि एमालेसँग गठबन्धनमा फर्किनुपरेको आशय व्यक्त गरेको ती मन्त्रीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation