उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र वन मन्त्री साहले लिए शपथ

 फागुन २७ । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा गएको छ। पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन्। नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका छन्। साथै जसपा सांसद नवलकिशोर साह वन मन्त्री बनेका छन्। उनले राष्ट्रपति पौडेलबाट शपथ लिइसकेका छन्।

यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। यादव उपप्रधानमन्त्री बनेसँगै ुप्रचण्डु नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।

नेकपा (एमाले) का रघुवीर महासेठ, माओवादीका नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछाने पनि उपप्रधानमन्त्री छन्। महासेठ भौतिक, श्रेष्ठ परराष्ट्र र लामिछाने गृहमन्त्री छन्।

गत सोमबार नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएका थिए। सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation