
लुम्बिनी फाल्गुन २८ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुखले सजरुद्दिन मुसलमानले नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।
सजरुद्दिन मुसलमानले बताउदै भने एक महिनासम्म ब्रतालु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४५ हो भने रमजानको नवौँ महिना हो ।रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा सुख शान्ति एवम् समृद्धिको कामना सहित शुभकामना दिदै बिशेष परिस्थितिका व्यक्ति बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य नरहेको बताए। किन भने निकै गाह्रो हुन्छ विभिन्न किसिमको समस्या आउन सक्छ ।
साथै रमजानमा दानको समेत बिशेष महत्व रहेकाले आफूले गर्न सक्ने दान समेत गर्नु पर्ने बताउदै रमजान नमाज तथा कुरआन शरीफ पढ्नाले विशेष पुण्य प्राप्त हुने बताउदै उपवास इस्लामको पाँच प्रमुख धार्मिक स्तम्भहरू मध्ये एक हो। बाँकी चार क्रमशः एक ईश्वर, नमाज, जकात र हज मा विश्वास गरिन्छ ।