
सुमित्रा तरामु, सैनामैना ।
सैनामैना नगपालिकाको मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको गत २८ गते सम्पन्न निर्वान बाट नव गठित सञ्चालक समितिलाई पदास्थापन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि पदस्थापन तथा शपथ ग्रहण गराईएको हो ।
अधिवेशनबाट निर्वाचित क्याम्पसको अध्यक्षमा खुशीराम चौधरी र अन्य सदस्यहरुमा धन बहादुर कार्की,प्रेम कुमार शर्मा,चन्द्रकान्त पाण्डे,मञ्जु ज्ञवाली,सरु पन्थी लगाएत चएन गरिएको निर्वाचन मण्डल सम्योजन चन्द्रकान्त भन्डारिले बताउनु भयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्र बहादुर कार्की, सैनामैना वडा न ३का वडाअध्यक्ष तम बहादुर पुर्जा, वडा न ४का वडाअध्यक्ष राम प्रसाद अधिकारी, पुर्व क्याम्पस प्रमुख चित्र बहादुर केसी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो
क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रमको स्वागत पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र खराल र सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापाको सहजीकरणमा सम्पन्न भएको थियो ।