सैनामैनामा आधारभूत तह कक्षा ८ को परीक्षा सुरू

सैनामैना ।  सैनामैनामा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०८० बिहिबारबाट सुरू भएको छ। २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको हो। यसरी परीक्षा सुरु भएको यसवर्ष छैठौं पटकको रहेको जनाइएको छ।

सैनामैना नगरपालिकाद्वारा सञ्चालित ती स्कुलहरुमा परीक्षा सुरु भएको हो। सैनामैना नगरपालिका नगर शिक्षा शाखा प्रमुख राधा बेलबासेका अनुसार परीक्षामा जम्मा परिक्षार्थी संख्या १६ सय रहेका छन । संस्थागत विद्यालय संख्या १५ र सामुदायिक बिधालय १६ छन ।

परिक्षाका लागि रामापुर माध्यमिक विद्यालय, सिद्धार्थ मेमोरियल एकेडेमी, पशुपति मा.वि., कोटिहवादेवी मा.वी., सैनामैना पर्रोहा परमेश्वर मा.वि., न्यु एकेडमी, पर्रोहा मा.वि., सरस्वती मा.वी मा गरी ८ वटा केन्द्र कायम गरेर परिक्षा सञ्चालन भइरहेको छ । बिहान ८ बजे देखी १० बजे सम्म परीक्षा सञ्चालन हुने जनाइएको छ । भने कोडिङ सिस्टम बाट कपी नगरमै चेक हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation