नेपालमा भ्रष्टाचार: अन्त्य कसरी ?

नेपाल एउटा सानो देश भएता पनि यँहा भ्रष्टचार दिन दु गुना रात चौगुना बढिरहेको छ । यहा साना तह देखी ठुला तह सम्मका बुद्धिजीविहरुले निरन्तर आवाज उठाइरहेता पनि यसको अन्त्य भने हुन सकेको छैन । नेपालमा सबै भन्दा बढि आर्थिक भ्रष्टचार हुने गरेको पाइन्छ भ्रष्टचार हुने निकाय भनेको विशेष गरि सरकारी निकायनै हुन । यसमा पनि मालपोत , भन्सार , आन्तरिक राजस्व कार्यालय , नापी बिभाग , सहरी विकास कार्यालय , लगायत अन्य सरकारका निकायमा भ्रटचार भइराखेको पाइन्छ । जिल्ला प्रशासन कार्यालयमा २८.५% जिल्ला शिक्षा कार्यालयमा १३.२% जिल्ला स्वास्थ्य कार्यालयमा ८.३% मालपोत कार्यालयमा ५५.% नगरपालिका र गाउपालिका ४२.६% नेपालमा विशेष गरि उच्च सरकारी कर्मचारी , मन्त्री , वहालवाला मन्त्री देखि कर्मचारीको सेटिङमा भ्रष्टचार भयको देखिन्छ ।
सर्वसाधारणको सुख , शान्ति आर्थिक हित एंव सामाजिक सदाचार र नैतिकता विपरित राष्ट्रसेवकले आफ्नो पदिय शक्ति एंव श्रोतको दुरुपयोग गर्नेलाई कहिले कार्वाही गर्ने रु सार्वजनिक अधिकारीले आफुलाई प्रप्त अधिकारको दुरुपयोग गरेर कस्लाई फइदा र कहिले सम्म यसको दुरुपयोग र सरकारले यस्ता व्यक्तित्वहरुलाई कार्वाही गरिएता पनि उनिहरुलाई छानविन नगरि रिहा गरेको पाइन्छ यस्ता व्यक्तित्वहरुकै फाईल हराउने गरेका छन । सर्वोच्च अदालतले फाईल माग्दा अक्तियारले भेटिएन् भन्छ फेरी फाईल माग्दा पनि भेटाउदैनन् । अदालतले वारम्वार आदेश गर्दा अक्तियारले फाईल पेस गर्न ढिला सुस्ति गरेको देखिन्छ अब अक्तियारप्रति पनि विश्वास गर्ने ठाउँ देखिएको छैन । यसको मतलव हो माथि रहेका उच्चतहको कर्मचारीहरुको मिलोमतोमा फाईल गायव गराइन्छ । पक्कै पनि यो भ्रष्टचारीलाई निर्दोष गरिइने योजना हो । यस विषयमा सरकारमा रहेका विभिन्न तहका बुद्धिजीवि व्याक्तिहरुले पनि कुनै चासो नराखेको देखिन्छ र यस विषयमा कुनै टिकाटिपणी , वहस भएको देखिदैन । कहिले गर्ने वहस रु उच्च तहका सरकारी कर्मचारी , मन्त्री , नेताहरुलाई अब जनताले कसरी गर्ने विश्वास रु सवै भन्दा बढि विश्वासका यतिसम्म बदमासी भयपछि जनताले कसरी मान्ने उनिहरुको यो नैतिकताहीन व्यवहार देखेर जनताले पनि छिरछिर , दुरदुर गर्न थालिसकेका छन । जो सत्तामा छ उनै भ्रष्टचारी भएपछि भ्रष्टचार निर्मुल होइन । भ्रष्टचार संस्थागत हुन्छ भन्ने मान्यता जनस्तरमा कायम रहेकोले सरकारले निष्कलङ्क भएर काम गर्न सक्न पर्दछ ।
अव यसको अन्त्य जनस्तरबाट नै सम्भव छ । अब कुनै पनि नेता , प्रशासक , कर्माचारी न्यायलय , संघ संस्था कसैले पनि अन्त्य गर्न सक्दैनन् । अब यिनिहरुबाट जनता थाकिसकेका छन । र, अब जानताले विश्वास पनि गर्न सक्दैनन् । आमनागरिक सचेत बने भ्रष्टचार अबस्यै अन्त्य हुन सक्छ । भ्रष्टचारीहरुलाई बहिष्कार गर्ने उनिहरुको नराम्रो गतिवीधिलाई भन्डाफोर गर्ने हो भने भ्रष्टचारको अन्त्य सम्भव छ । यो काम जनस्तरबाट गर्न जरुरी छ । अब राजनीति गर्ने नेताहरुले पनि राजनीतिलाई आयआर्जनको श्रोत होइन उनिहरुले सेवा सम्झेर जनतालाई सेवा गर्नुपर्ने हुन्छ । जनताको समस्या बुझी काम गर्ने हो भने यसको अन्त्य आफै हुन्छ । “म भ्रष्टचार गर्दिन,म भ्रष्टचार हुन दिन्न” भन्ने नारा सार्थक गर्न सम्बनधित सबैले मनन र्गनु पर्ने आवस्क्ता छ । सरकारी कार्यालयको ढोका ढोका मा टासीएको देखिन्छ तर कर्मचारीहरुले यो नारा व्यावहारमा उतार्न सकेको छैनन् । अक्तियार दुरुपयोगको आरोप लागेका केही नेता र उच्च पदस्थ कर्मचारीलाई अक्तियार दुरुपयोग अनुुशन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ तर यतिले मात्र पुग्दैन । नेता , कर्मचारी , सुरक्षानिकाय , र आम जनतालाई देशको ढुकुटि र इमान्दार बनाउने ठुलो अभियान सञ्चालन गर्नुपर्छ ।

nabinrijal500@gmail.com

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation