कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष १५ हजार घुससहित अख्तियारको फन्दामा

कपिलवस्तु । कपिलवस्तुमा एक जना वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो ।

अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरी प्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation