त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट

२२ चैत, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ ।

विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ । कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation