लुम्बिनीका कृषिमन्त्री भण्डारीलालले दिए राजीनामा

२२ चैत । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् । लुम्बिनीमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation