लुम्बिनीमा महराले प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।

उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेतसहित ४४ सांसदले समर्थन गरेका छन् । बिहीबार कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाको विशेष अधिवेशनलाई गरेर पदबाट राजीनामा दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation