माओवादीले छाड्यो कोशी सरकार, समर्थन पनि फिर्ता लिने निर्णय

२६ चैत, विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए ।

 

विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

माओवादी संसदीय दलको बैठकले संसदको विशेष अधिवेशन पनि माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation