सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा चार लाखको अवैध सामान बरामद

भैरहवा, ३ वैशाख । सशस्त्र प्रहरीले रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. मझगाँवा, रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरको कमाण्डमा खटिएको टोलीले आइतबार मायादेवी गाउँपालिका–६ स्थित दुर्गौलियाबाट अवैध सामान बरामद गरेको हो । अन्दाजी मूल्य १ लाख ५२ हजार ३ सय २० रुपैयाँ बराबरको चिनी ६ सय के.जी., प्याज २०२३ के।जी र मटरदाल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं। २७ गण हे।क्वा। रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले सोमबार विभिन्न स्थानबाट अन्दाजी मूल्य २ लाख २९ हजार ९ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।
चिनी ४ सय के.जी., प्याज २३५५ के.जी. र सामान ढुवानीमा प्रयोग भएको दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation