कर्णालीमा माओवादीका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त

१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

 

नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

 

परियार हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको छ ।

मुख्यमन्त्री कँडेलले भोलि, बिहीबार संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation