डढेलो निभाउन जाँदा तिलोत्तमाको दमकल नै जल्यो

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार विदउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो ।

तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation