बुटवलबाट बेलहिया जांदै गरेको बस सडकमै पल्टियो ९ जना घाईते

बुटवल बैशाख १३ । बुटवलबाट बेलहिया तर्फ जांदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा ९ जना घाईते भएका छन्।

बुटवलबाट बेलहियाका लागि छुटेको उक्त यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपासमा सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ना २ ख १४१५ नं को उक्त बस आफै अनियन्त्रीत भई पल्टेको थियो। दुर्घटनामा परि घाईते भएकाहरुको भैरहवा स्थीत भिम अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ।

दुर्घटनामा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ६ नयामिल बस्ने बर्ष ४४ को चोक बहादुर राना सोही ठाउकै ४१ बर्षकी तारादेवी थापा, सैनामैना नगरपालिका वडा नं २ सरौली बस्ने बर्ष ५८ को अमर बहादुर बिक देवदह नगरपालिका वडा नं ४ केरवानि बस्ने बर्ष ५ की पुजा चौधरी तिलोत्तमा नगरपालिका वडा नं २ योगिकुटी बस्ने बर्ष २३ की सुजता पाण्डे योगीकुटी कै बर्ष ४५ को बिष्णु प्रसाद भुषाल घाईते छन्।

त्यसैगरी तिलोत्तमा नगरपालिका नयामिल बस्ने बर्ष ५० की चन्द्रकला भट्टराई सिद्धार्थनगर नगरपालिका वडा नं १ वाईपास बस्ने बर्ष ४७ को कुमारनाथ योगि र सैनामैना नगरपालिका वडा नं ७ बस्ने बर्ष ३५ को बर्जंगे सिंह सैतवार घाईते भएको प्रहरीले जनाएको छ।

घाईतेहरु सबैको अवस्था सामान्य रहेको र दुर्घटनामा सम्लग्न बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation