सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ ।

पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation