गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

१८ वैशाख। गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् ।

डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको हो । आरोपी दुवै जनाले वनमा आफूहरुले आगो लगाएको स्विकारिसकेको कार्यालयको भनाइ छ ।

 

डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरका अनुसार उनीहरुलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । पक्राउ परेका उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत ठाकुरले बताए । वनजंगलमा मानवीय कारण आगलागी हुँदा त्यसले ठूलो क्षति पु¥याउने उनको भनाइ छ ।

 

हाल गुल्मीका १२ स्थानीय ८० सामुदायिक वनमा आगो लागेको छ । आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation