ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । घाइतेहरुलाई अस्पतालतर्फ लगिँदैछ ।

 

ललितपुरको गोदावरी नगरपालिका( ६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation