मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् ।

विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा।डा।धु्रवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई नियुक्त गरेका हुन् ।

 

सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा।डा। देवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । छनोट तथा सिफारिस समितिले प्रा.डा. धु्रवकुमार गौतम, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा समिति बनेको थियो । समितिले १२ र १३ वैशाखमा उम्मेदवारको प्रस्तुति तथा अन्तर्वार्ता सञ्चालन गरेको आधारमा सिफारिस गरेको थियो ।

 

समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation