
२०८१ बैशाख १९
सैनामैना वडा नं. ४ मा युवा तथा बालक्लबका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । रेडियो सैनामैनाको आयोजना तथा सैनामैना नगरपालिका वडा नं. ४ को समन्वयमा वडा युवा तथा बालक्लबका सदस्यहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उदेश्यले मुर्गिया खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाको सभाहलमा मंगलबारदेखि तीन दिने तालिम सुरु भएको हो ।
तालिमको सैनामैना नगरपालिकाका नगरप्रमख फणीन्द्र प्रसाद शर्माले मुर्गिया खानेपानीका अध्यक्षलाई कागतीको विरुवा हस्तान्तरण गरेर समउद्घाटन गर्नुभएको थियोे । सो अवसरमा बोल्दै नगर प्रमुख प्रसाद शर्माले भविस्यका बालबालिका र युवाहरूका लागि आयोजना गरिएको यस तालिमबाट सिकेको सिकाइले सफल व्यक्तित्व र असल नेतृत्वकर्ता बनेर सभ्य समाज र समृद्ध नगर बन्ने अपेक्षा गर्नुभयो ।
उहाँले सत्यतथ्य सुचना समाचार सम्प्रेषण गर्दै असल समाज निर्माण गर्न तथा यस किसिमको तालीमले मानवीय विकासमा मिडियाको योगदान महत्त्वपूर्ण रहेको बताउदै यस्तो खालको कार्यक्रमले मिडियाप्रतिको विश्वसनीयता अझ बढेर जाने बताउँनुभयो । यो तीन दिने क्षमता वृद्धि तालिमले अभ्यास गर्ने थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले तालिम तालिमका लागि नभएर सिकेका कुरा व्यवहारमा अभ्यास गर्दै असल व्यक्तित्व र कुशल नेतृत्व विकास हुने बताउदै तालीम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, समाजमा बाटोघाटाे, कुलाे, पुलपुलेसा, ठुला पुर्वाधारका संरचनालाई मात्र विकास भन्ने सोचाइलाई परिवर्तन गर्नुपर्छ । पुर्वाधार विकाससंगसंगै सामाजिक पक्षको विकासलाई विकासको रुपमा अत्मासत गर्न जरुरी छ । त्यसकारण जबसम्म सामाजिक र मानवीय पक्षको विकास हुन सक्दैन तबसम्म बनेका पुर्वधार विकासको सरक्षण र संबर्द्धन गर्न सकिदैन ।
सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले वडाको भौतिक विकास संगै मानवीय विकासलाई मुख्य प्राथमिकता अनुसार युवा तथा बालबालिकाको क्षमता विकासका लागि माग भएअनुसार नै तालिम आयोजना गरिएको बताउनुभयो । वडाले महिला सशक्तीकरण कार्यक्रम, महिलाहरुलाई व्यवसायिक बनाउन विभिन्न सिपमुलक तालिम दिएर स्वरोजगार बनाउदै आएका छ । उहाँले तालिम उपयोगी र फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
मुर्गिया खानेपानी उपभोक्त तथा सरसफाइ सस्थाका अध्यक्ष प्रेम बहादुर बानियाले यस तालिममा सहभागी बालबालिका युवाहरुलाई सिकेका कुरा आफ्नो विद्यालय र समाजमा सिकाउदै व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।
रेडियो सैनामैनाका सस्थापक अध्यक्ष कृष्ण पंंगेनीले ग्रामीण क्षेत्रको आवाजविहिनको आवाजलाई बुलन्द बनाउन रेडियो सैनामैनाले स्थापनादेखि नै सामाजिक र अन्यायका विरुद्ध आवाज उठाउदै सभ्य समाज निर्माणमा भुमिका खेल्दै आएको बताउनुभयो । सामाजिककार्य अन्तरगत रेडियोले आयोजना गरेको क्षमता विकास तालिमबाट बालबालिका र युवाहरुले आफ्नो व्यक्तित्व विकास गर्दै सफल व्यक्ति बनाउन र सिकेको सिकाईलाई समाज, परिवार, र आफु आबद्ध क्लब संघसस्था सिकाइ असल र विकासित समाजकाे परिकल्पनालाई पुरा गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउँनुभयो।
रेडियो सैनामैनाका निवर्तमान अध्यक्ष तिलब केसि तालिमले बोल्ने आत्मविश्वास र असल र सक्षम नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेहुनाले जिज्ञासु र लगनशीलभए सिकाई सिक्न आग्रह गर्नुभयो ।
मिलन ज्योति टाेल विकास समितिका अध्यक्ष हरि पौडेलले तालिमले टाेलविकासका पदाधिकारी सदस्यहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताउदै वडाका विकास निर्माण, याेजना निर्माणमा समेत प्रभावकारी बन्ने बताउनुभयो ।
युवा तथा बालक्लबका पदाधिकारीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष कमला न्यौपानेले तीन दिने क्षमता अभिवृद्धि तालिमका सहभागीहरुले तीन दिनमा सिकेका कुराहरुले शैक्षिक वा सामाजिक क्षेत्र आफ्नो क्षमता प्रस्तुत गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम रेडियो सैनामैनाका अध्यक्ष कमला न्यौपानेको अध्यक्षता रेडियो सैनामैनाका कोषाध्यक्ष टेकबहादुर रेश्मिको स्वागत तथा सचीव शुसिला शर्माको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।
तालिमको पहिलो दिन व्यक्तित्व विकास सम्बन्धि शिर्षकमा रहेर प्रशिक्षक कान्तिपुर दैनिकका रिपोर्ट एवम् पत्रकार सन्जु पौडेलले प्रशिक्षण गर्नुभएको थियोे ।