लुम्बिनीमा संस्कृत विद्यापीठको भूमिपूजन एवं शिलान्यास कार्यक्रम सम्पन्न

दिनेश प्रसाद लोध, लुम्बिनी

रूपन्देही जिल्ला को लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर १२ आमा वनवाटिकामा लुम्बिनी सनातन संस्कृति विद्यापीठ गुरूकुलम् को भवन निर्माणको लागि भूमि पूजन एवम् शिलान्यास कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा बौल्दै रुपन्देही क्षेत्र नम्बर ५का सघिंय सांसद बासुदेव घिमिरेले कृषकहरुका लागि सिचाँईका लागि तटबन्ध निर्माण गर्न, मल बिउ बिजन पहल गर्ने, कालिदह भन्सारलाई ठुलो भन्सार बनाउन पहल हुदै, लुम्बिनी क्षेत्रको पर्यटन विकासको लागि आफ्नो बिशेष प्राथमिकता रहेको बताए ।
भवन निर्माण को लागि लुम्बिनी प्रदेश सरकार का पूर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सदस्य चन्द्र केश सिके गुप्ता ले २० लाख रकम विनियोजन गरी आफु मन्त्री हुदाँ शिक्षा क्षेत्रमा भवन निर्माण देखि युवाहरुको खेलखुदको विकास सँग सगै लुम्बिनी क्षेत्रबासीहरुको विभिन्न समस्या समाधानको लागि पहल गरिरहेको गुप्ताले बताए ।

यसै गरी क्षेत्र नम्बर ४ का लुम्बिनी प्रदेश सदस्य कन्हैया कुमार बनियाले आफु निर्बाचित भए देखि आफ्नो क्षेत्रमा बिकास निर्माण र सामाजिक कार्यमा योगदान गरेको र कृषि क्षेत्रलाई बिशेष प्राथामिकतामा रहेको जानकारी दिए ।

लुम्बिनी सांस्कृतिक नगर पालिक का नगर प्रमुख सजरूद्दीन मुसलमानले सबैले सरकारी पैसाको आशा नराखि चन्दा सहयोगबाट भवन निर्माण गर्नुपर्ने र नगरपालिका बाट आगामी दिनमा केही रकम बिनियोजन गरिदिने बताए।
उप प्रमुख कल्पना हरिजनले लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र एउटा मात्र सँस्कृत गुरुकुल विद्यापीठ भएकोले सबै तिरबाट सहयोग गर्नुपर्ने भएकोले त्यसमा आफुले पहल र सहयोय गर्ने बताईन ।
सो अवसर वडा नम्बर १२ का वडा अध्यक्ष हरिकेश लोध, प्राचार्य शिवम पान्डेय, विद्यालय व्यवस्थाप समितिका अध्यक्ष दीपक लोध लगातयले आफ्ना मन्तब्य राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation