
बुटवल । सैनामैना नगरपालिकाले ‘नमुना संसद् अभ्यास’ कार्यक्रम नगरपालिकामा रहेका नगर स्तरिय युवा क्लव संजाललाई अभिमुखीकारण कार्यक्रम अभ्यास गराइएको छ । शुक्रबार बाट सुरु भएको नमुना संसद अभ्यासबाट युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिईने छ ।
नमुना संसद अभ्यासले युवा तथा विद्यार्थीको सीप विकासमा समेत सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम संचालन भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राधा बेलवासेले बताउनु भएको छ । नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाको बारेमा युवालाई सुसुचित गराउँदै युवामैत्री बनाउन र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिने रहेको छ। सत्तापक्ष प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन भने उनीहरुले संसद् सञ्चालनको अभ्यास समेत गर्ने छन् ।
कार्यक्रमलाई उद्घाटन गर्दै सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले स्थानीय तहमा युवाको सशक्तिकरण तथा सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहीकरणमा सहभागिता खोज्न यसप्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको बताउनु भयो । उद्घाटन सत्रमा युवालाई मोटिभेस्नल मन्तव्य राख्दै शर्माले भने शैक्षिक अवस्था सुधारौ, व्यवस्था यसै बदलिन्छ । सकरात्मक कुराहरुको प्रचार गरौ, नगर यसै सुधार हुन्छ । कर्म गरे जितिन्छ । भुइमान्छेका कुरा सुन्छु, पाँच वर्ष जनताकै सेवामा हुनेछु र नगरलाई नमुना बनाउने छु । युवा भविष्यको कर्णधार मात्र नभएर वर्तमानको साझेदार हो । सकारात्मक चिन्तन लिनुपर्छ र घटनाको सहि बिश्लेषण गर्नुपर्छ भन्दै यूवालाई प्रशिक्षित गर्नुभएको थियो । भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति पुर्याउने लक्ष्यका साथ सञ्चालित कार्यक्रममा ३० जान युवा विद्यार्थी सहभागी छन् ।
सैनामैना नगरपालिकामा पहिलोपटक नमुना युवा संसद गठनको अभ्यास गरिएको हो। नगरपालिकामा नमुना संसद् गठनका विभिन्न चरणहरू पूरा गरिएको छ। छनोटमा परेका युवालाई नमुना संसद् स्थापना र अभ्यासका लागि नेतृत्व विकास तथा नमुना युवा संसद सञ्चालनसम्बन्धी कार्यशालामार्फत प्रशिक्षित गरिएको छ ।
सबै चरण पूरा गरी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन, सरकार गठन र प्रति पक्षसमेत तयार गरिने छ। सैनामैना नगरपालिकाका शिक्षा तथा युवा शाखा प्रमुख राधा बेलवासेको अध्यक्षता र गणेश खनालको सञ्चालनमा उदघाट्न सत्र समपन्न भएको छ । नमुना संसद अभ्यास कार्यक्रम बैशाख २८ देखि ३१ गते सम्म होटल बावरीमा सन्चालन हुने छ भने कार्यक्रमलाई आयुषा कंडेल र डा.आविष्कार पराजुलीले सहजिकरण गर्ने छन् ।