रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय विर बहादुर गुरूङको रहेको प्रहरीले जनाएको छ ।

मंगलबार देवदह १ स्थित विर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा भैरहवामा रहेको भीम अस्पतालमो उपचारको क्रममा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation