बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते

बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल(१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ महिला घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपाली रहेकी छन् । अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले विहान ५ः३१ बजे मृत घोषणा गरेका थिए । यसैगरी उनीसँगै पैदल हिँडेका सोही ठाउँका ५५ वर्षीया कमला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation