प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्, १५ मिनेटका लागि संसद स्थगित

काठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ ।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रक कांग्रेसले अस्वीकार गर्‍यो ।

सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation