बुद्धजयन्तीका दिन लुम्बिनीका होटलमा मदिरा र माछामासु विक्री नहुने

बुटवल, ७ जेठ । बुद्ध जयन्तीको दिन बुद्ध जन्मस्थल लुम्बिनीमा मदिरा र मांसाहारी खानेकुरा ९मासुमाछा० विक्री वितरण नगरिने भएको छ । बुद्ध शिक्षाको अनुशरण गर्दै यही जेठ १० बिहीबार २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका दिन यहाँका होटलहरुमा शुद्ध शाकाहारी भोजन मात्र विक्रीवितरण गराउने लुम्बिनी होटल होटल संघ, नेपालले जनाएको छ ।

शनिबार बसेको कार्यसमितिको बैठकको निर्णयअनुसार संघमा आबद्ध सम्पूर्ण होटल व्यवसायीलाई बुद्ध जयन्तीमा मदिरा र माछामासु विक्री नगर्न आग्रह गरिएको संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए ।

उक्त दिन मद्यपान र मांसाहारी खानेकुरा पूर्ण रुपमा निषेध गरिएकाले संघमा आबद्ध होटलहरुमा शुद्ध शाकाहारी भोजन मात्र विक्रीवितरण हुने महासचिव पुरुषोत्तम अर्यालले बताए । उनले बुद्ध जयन्ती भव्य रुपमा मनाउन समेत आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation