उपाध्यक्ष डा. लामाद्वारा लुम्बिनी प्रभाको विमोचन

बुटवल, ८ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी प्रभाको विमोचन गरेका छन् । सो अवसरमा बोल्दै डा. लामाले लुम्बिनी प्रभाले विश्वलाई लुम्बिनीलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

बुद्धकालीन सभ्यतासँग जोडिएको लुम्बिनी प्रभाले सम्पूर्ण लुम्बिनी क्षेत्रलाई पुस्तकमा उतारिएकोमा खुसी व्यक्त गरे । विद्वानहरु, संस्कृति तथा पुरातत्वसम्बन्धी विज्ञहरुसहितको सहभागीतामा अनुसन्धानमुलक सामाग्री बनेकोमा खुसी व्यक्त गरे ।

लुम्बिनी प्रवाहले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह (पण्डितपुर) लगायत क्षेत्रहरुको महत्त्वलाई उजागर गरेको बताए । उनले आगामी दिनमा थेरवाद, महायान र बज्रयान सम्प्रदायमा बुझ्ने गरी यस्तै पुस्तक प्रकाशन गर्न समेत आग्रह गरे । बुद्धदर्शनबारे गहिरो अनुसन्धान र अभ्यास गरेर पुस्तकहरु प्रकाशन गरेमा व्यक्तिगत रुपमा सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी विकास कोष एक सिक्काको दुई पाटा रहेको भन्दै उपाध्यक्ष डा. लामाले विश्वविद्यालयका प्राध्यापक, शिक्षक कर्मचारी र विद्यार्थीहरुको थप उच्च मनोबल बनाएर सिर्जनशील हुँदै अगाडि बढ्ने वातावरण बनाउने छात्रवृत्ति लगायतको कार्यक्रमलाई अगाडि बढाउने समेत कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा बीटीटीएम छैठौं सेमेस्टर (जीडीएस) विद्यार्थीलाई प्रमाणपत्रसहितको सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख डा. निरबहादुर गुरुङ, डा विमलेन्द्र कुमार, फणिन्द्र कुमार न्यौपाने, चुडामणि पोखरेल लगायतले किताब सफलताको शुभकामनासहित छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation