बुटवलमा पत्रकारिता तालिम सुरु

बुटवल, १४ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम सुरु भएको छ । तालिमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन् । उनले बुुटवल उपमहानगर पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा छुट्टै सञ्चारग्राम स्थापना गर्ने सोच बनाएको तर, जग्गाको व्यवस्थापन गर्न नसकिएको बताए । उनले बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु फलदायी हुने बताए ।

पछिल्लो समय पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि छुट्याइएको बजेटमा विभिन्न निकायमा उजुरी दिने प्रचलन बढेको बताउँदै त्यसले बजेट नै कटौती हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकाहरुको क्षमता अभिवृद्धिका लागि तीनदिने तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित तालिममा रुपन्देहीका क्रियाशील ६० बढी पत्रकारहरुको सहभागिता रहेको महासंघका सचिव विनोद परियारले बताए ।

तालिमको पहिलो दिन आइतबार बुटवल उपमहानगरका कार्यसम्पादनका विषयमा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रस्तुती राखेका थिए । त्यस्तै पत्रकारिताको पछिल्लो अवस्था र स्थानीय मिडियामा स्थानीय सरकारका सवालका विषयमा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्वअध्यक्षहरु शेरबहादुर के.सी. र यानेन्द्र जि.सी. तथा प्रदेश सल्लाहकार सरु रानासहितको प्यानल छलफल गरिएको थियो । सोमबार र मंगलबार भने बाह«खरी अनलाईनका सम्पादक प्रतिक प्रधानले सहजीकरण गर्नेछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation