डा. लामाको विशेष पहलमा अर्थमन्त्रीले राखिदिए लुम्बिनीमा बच्चा जन्माउने गन्तव्यको कार्यक्रम

लुम्विनी।  अर्थमन्त्री वर्षमान पुनले नेपालमा विवाह गर्न तथा विवाहित जोडीलाई हनिमुन मनाउनदेखि बच्चा जन्माउन नेपाल रोज्ने कार्यक्रम ल्याएका छन् ।

मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१÷८२ को बजेटमा मन्त्री पुनले रामजानकी विवाह भएको जनकपुरलाई विवाह गन्तव्य र बुद्ध जन्मिएको लुम्बिनीलाई बच्चा जन्माउने गन्तव्यको रुपमा प्रस्तुत गरेका छन् । उनले हनिमुन गन्तव्यलाई भने यही ठाउँ भनेर किटान गरिएको छैन ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध धर्मप्रति आस्था राख्नेहरूलाई बच्चा जन्माउने कार्यक्रम र योजनालाई सफल बनाउन प्रयास गरिरहेका थिए । डा.लामाको प्रयासलाई अर्थमन्त्री पुनले सार्थकता दिन खोजेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation