
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले अत्याधिक गर्मी भएका कारण विद्यालय असार ०२ गतेसम्मका लागि बन्द गरेको छ।
केहि दिन देखि रुपन्देही सहित देशैभरी गर्मि उच्च भएको र उच्च तापमानका कारण विद्यालयका विद्यार्थीहरूमा हुन सक्ने समस्यालाई मध्य नजर गर्दै २ गते आइतबारदेखि विद्यालय यथावत समयमा सञ्चालन हुने गरी विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।