रिडी–तम्घास सडक खण्ड १२ घण्टा बन्द हुने

बुटवल । गुल्मीको रिडी–तम्घास सडक खण्ड दिनहुँ १२ घण्टा बन्द हुने भएको छ । शुक्रबारदेखि असार १६ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार एक सूचना जारी गर्दै सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम भइरहेकाले बन्द हुने जनाएको छ । सो समयमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतिसँगै कालोपत्रेको काम भइरहेको छ ।

यसअघि चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation