बालेनलाई काम गर्न दिन कांग्रेस सांसदको माग

काठमाडौं,२४ जेठ । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा काठमाडौं महानगरको योजनाअनुसार काम गर्नमा रोकेको बताइन् । सांसद सेजुवाल पुर्व नगर प्रमुख समेत हुन् ।

स्थानीय तह सरकार सञ्चालन ऐन खारेज गर्नुप¥यो होइन भने उनीहरूलाई हतोत्साहित गर्न नपाइने र काम गर्न किन दिनुपर्ने सेजुवालको तर्क छ ।

जेठ २१ गते काठमाडौंको न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगरबीच विवाद भएको थियो । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक विभागले पिच गर्न थालेपछि न्यूरोडमा विवाद भएको थियो ।

फुटपाथ फराकिलो बनाउने भन्दै महानगरले भत्काएको न्यूरोड–इन्द्रचोकतर्फको सडक फेरि सडक विभागले बनाएको छ । विभागको यस्तो कार्यले बालेनको योजना कार्यान्वयन हुन नसकेको सांसद सेजुवालले बताइन् । बालेनको फुटपाथ फराकिलो गर्ने जुन उद्देश्य थियो, जुन भिजन थियो त्यसलाई आफूहरुले समर्थन गर्ने सांसद सेजुवालले बताइन् ।

काठमाडौं महानगरले फुटपाथका लागि काटेको सडक, विभागले टालेको उल्लेख गर्दै उनले पैसा धेरै भए कर्णालीका सडक बढाउनेमा खर्च गर्न सुझाइन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation