पोखरा १३ को कृषि जैविक विविधता प्रदर्शनी मेला सकियो

पोखरा । पोखरा महानगरपालिकामा भएको ‘कृषि जैविक विविधता प्रदर्शनी मेला –२०८१’ मा सकिएको छ ।

पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमुना प्राब्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ९लि–बर्ड० को संयुक्त आयोजनामा मेला भएको थियो ।मेलामा रहेका १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बालीहरु राखिएको थियो ।

नयाँ पुस्तालाई कृषि जैविक विविधतासँगै वातावरणको महत्व बुझाउनका लागि मेला आयोजना गरिएको लि–बर्डका कार्यक्रम अधिकृत तथा मेला संयोजक विष्णु भषालले बताए । मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गित प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखेको उनले जानकारी दिए ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा भएको कृषि जैविकता संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए । सोही अनुसार वडामा कृषि जैविक विविधता प्रदर्शनी मेला आयोजना गरिएको उनले सुनाए ।

हाम्रो क्षेत्रमा भइरहेका जैविक विविधतालाई संरक्षण गर्ने गरी कृषि महाशाखा, लिबर्ड र नमुना प्राब्गारिक कृषि सहकारीको सहकार्यमा यो मेला गरेका हौं,’ उनले भने, ‘जैविकता जोगाउन सकियो भने वातावरण जोगिन्छ भनेर गरिएको कार्यक्रमले कृषकलाई राहत मिल्नेछ भन्नेमा ढुक्क छु ।

यसका लागि कृषकलाई आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए । कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्रथम मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्राब्गारिक कृषक समुह प्रथम भएको छ ।

प्रथम भएको समुहले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । भने, द्वितिय भएको मणिदिप कृषक समुहले नगद ५ हजार रुपैयाँ पायो । यस्तै तृतिय भएको पिपलडाली काफलबारी कृषक समुह बन्यो । तृतिय भएको समुहले ४ हजार पुरस्कार पाएको थियो । भने,प्रतियोगितामा सहभागी भएको अन्य ७ समुहलाई प्रोत्साहन स्वरुप ३÷३ हजार दिइएको कृषि सञ्जाल पोखरा १३ का अध्यक्ष टेकनाथ बरालले जानकारी दिए ।

प्रतियोगितामा भाग लिएको विद्यालयको समुहलाई पनि प्रति विद्यालय २५÷२५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको उनले बताए । भने, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation