सडकमा गुडिरहेको सरकारी गाडी माथी विद्यार्थीले गरे आगजनी

२७ जेठ, विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुडापछि विद्यार्थीले आगजनी गरेका हुन् ।

गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको ।

 

प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation