सैनामैनाको सुनगाभा स्कुलले प्राप्त ग¥यो ‘आईएसओ’ सर्टिफिकेट

अनिता चौधरी
सैनामैना । रुपन्देहीको सैनामैना ३ मा अवस्थित सुनगाभा पब्लिक स्कुलले आइएसओ लोगो प्राप्त गरेको छ ।
विद्यालयले शिक्षाको गुणस्तर, भौतिक संरचना, व्यवस्थापन सरसफाइ तथा सुरक्षा प्रणाली लगायतका मापदण्ड पुरा गर्दै अन्तर्राष्ट्रिय मान्यताको आईएसओ लोगो अंकित प्रमाण–पत्र प्राप्त गरेको हो ।
सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, आईएसओका नेपाल प्रतिनिधी सुदिप शर्माले विद्यालयका अध्यक्ष डिल्लीराज गौतम, विधायलका प्राचार्य तिलव के।सिलाई आइतबार एक कार्यक्रमकाबिच आईएसओ अंकित लोगो प्रमाण–पत्र प्रदान गर्नुभयो ।
प्रमाणपत्र प्रदान गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाको शिक्षा प्राणालि सुधारका निम्ति सुनगाभाले खेलेको भुमिका अतुलनीय रहेकोमा बधाई दिदै शैक्षिक सफलताको शुभकामना दिनुभयो । उहाँले समयको गति, विधार्थिको माग र परिवर्तित शिक्षा अनुसार शिक्षामा सुधार गर्दै स्वादेशमै विद्यार्थी टिकाउने खालको शिक्षा दिनुपर्ने जोड दिनुभयो ।
विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको विधालयका प्राचार्य तिलब केसीले बताउनुभयो ।

विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न सृजनशिल र मनोबैज्ञानिक तरीकाले विधालयले अध्यापन गराउदै शिक्षक र विधार्थिको अथक मेहेनतले देशमै प्रथम भएर सुनगाभा परिचीत हुन सफल भएकोले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको समेत उल्लेख गर्नुभयो ।
उहाँले शैक्षिक गुणस्तर चिन्ह प्राप्त गर्न विधालयले हरेक चरण पार गर्दै आज यो सफलता हासिल गरेको बताउँदै शैक्षिक गुणस्तर कायम गर्न विधालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विधार्थिहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
आइएसओ प्रतिनिधि सुदिप शर्माले कुनैपनि शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय र प्रशासकिय उत्कृष्टता लगायतको मुल्यांकन गरेर आइ।एस।ओ सर्टिफाइट प्रमाण–पत्र प्रदान गरिएको बताउनुभयो ।
आइ।एस।ओ मान्यता प्राप्त गरेसंगै सुनगाभाका विद्यार्थी शिक्षक तथा कर्मचारीको स्तर समेत विशिष्ट स्तरको हुने बताउदै सोही अनुसार विधार्थि अभिभावकले पनि बालबालिकाको शिक्षा र सरसफाई लगायतका कुरामा ध्यान दिएर शैक्षिक सुधार र विकासमा महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

आइ.एस.ओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धामा अर्को कोसे ढुंगा सावित भएकोमा शुभकामना दिदै शैक्षिक गुणस्तरमा अझै अब्वल बन्न एनप्याब्सन केन्द्रिय सचीव कृष्ण पौडेलले सुझाव दिनुभयो ।
सैनामैना(३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले सुनगाभा स्कुलले दिने नतिजाले नै अब्बल विधालयको रुपमा परिचीत विधालयले आइ।एस।ओ पाएसंगै थप शैक्षिक विकासतर्फ उन्मुक्त हुनाले आगामी दिन अझ शैक्षिक सफलताको शुभकामना दिनुभयो ।
विधालयका प्रमुख सल्लाहकार कृष्ण पङ्गेनीले विधालय स्थापनादेखि नै उत्कृष्ट र अब्बल हुदै देशमै पहिचान बनाउन सफल भएको भन्दै विद्यालयमा शिक्षा मात्र नभई विद्यार्थीमा संस्कृति र संस्कार, आधुनिक आवश्यकता अनुसारको प्राविधिक शिक्षा लगायतका शिक्षण सिकाइमा जोड दिई अगाडि बढ्न सुझाव दिनुभयो ।
विद्यालल संचालक समितिका अध्यक्ष डिल्लीराज गौतमले शैक्षिक गुणस्तर दिनुका साथै शैक्षिक क्षेत्रमा सफल बनि आईएसओको प्रमाणपत्र पाउनु गर्वको कुरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
सैनामैना नगरपालिका भित्र आईएसओ चिन्ह प्राप्त गर्ने विधालयमध्ये सैनामैना तेस्रो विद्यालय हो ।
सैनामैना वडा नं २ मा रहेकोको बाबरी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बिधालयका शिक्षक कमल पौडेलको संचालन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation