उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित

जनकपुर, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

जसपा नेता मनिष सुमनले भने, ‘अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ । निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी छ ।’

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation