संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ ।

पाँचखपन नगरपालिका(३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो ।
उनी खोलाले बगाएको स्थानबाट करिब ४ किलो मिटर तल रिपेनी घाटमा मृत भेटिएका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली खटिएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation