दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न माग गरेको छ । सोमबार संगठनको दाङमा सम्पन्न बैठकले विविध बाहानामा महासंघको निर्वाचन सारिनु गलत रहेको निष्कर्षसहित यथाशिघ्र निर्वाचन गर्न माग गर्ने निर्णय गरेको सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकले जनाकारी दिए ।
ूप्रदेशका १२ वटै जिल्लाका अध्यक्षसहितको उपस्थितिमा सम्पन्न बैठकले श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघको निर्वाचन समयमै नहुनुले यसको गरिमामाथि नै प्रश्न उठ्न सक्ने तर्फ सचेत हुन केन्द्रिय नेतृत्वलाई दवाव दिने निर्णय गरेको छू अध्यक्ष विकले भने, ूहामी इमान्दारिताका साथ शुद्धिकरण अभियानलाई टुंगोमा पुर्याउने र जस्तोसुकै त्याग गरेर भएपनि यथाशिघ्र महासंघको निर्वाचन गर्ने कुरामा प्रतिबद्ध छौँ, सोही अनुसार केन्द्रिय नेतृत्वलाई दवाव दिन्छौं ।ू
बैठकमा बोल्दै सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसीले श्रमजीवी पत्रकारको हकहितमा लड्ने संस्थालाई विवादित गराउने कार्यमा कोही पनि संलग्न नहुन आग्रह गरे । उनले भने, ूपत्रकार महासंघ रातारात बनेको संस्था होइन, यसलाई संस्थागत गर्न अग्रजले गरेको त्याग र यसको गरिमाको बारेमा महासंघको नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन ।ू
त्यसैगरी बैठकले लुम्बिनी प्रदेश सरकारलाई संचारमाध्यम सुचिकृत गर्ने कार्य आर्थिक वर्षको सुरुवात संगै सुरू गर्न अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ । ूसंचारमाध्यम सुचिकृत गर्ने र लोककल्याणकारी सूचना आर्थिक वर्षको उत्तरार्धमा गर्ने कार्य गलत छू सेन्टरका वरिष्ठ परदेश उपाध्यक्ष रुद्रहरी कुंवरले भने, ूबैठकले पत्रपत्रिका, रेडियो, टेलिभिजनसंगै अनलाइनलाई पनि सुचिकृत गर्न र लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन आग्रह गर्ने निर्णय भएको छ, संगठनले त्यसको लागि पहल गर्छ ।ू
१२ वटै जिल्लाका जिल्ला अध्यक्षले आगामी निर्वाचनको लागि जिल्लाले गरेको तयारीबारे ब्रिफिंग गरेका थिए ।
बैठकले आसन्न महासंघको निर्वाचनको तयारीमा जुट्न जिल्ला शाखालाई निर्देशन दिइएको बुझिएको छ ।