रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ अवस्थित रामापुर माध्यामिक विद्यालयले राहात शिक्षक नियुक्ति विज्ञापन प्रकृयामा चलखेल गरेको पाइएको छ । उक्त विद्यालयले आफ्ना मान्छे राख्न गोप्य सूचना प्रकाशन गरेको भन्ने सुचनाको आधारमा स्थानियले थाहा पाएपछि सैनामैना नगरपालिकाको शिक्षा शाखामा निवेदन दिए उक्त निवेदन छानविन गर्दा विद्यालयको कमजोरी भेटिएको छ ।
विद्यालयले पहिलो विज्ञापन विद्यालय व्यवस्थापन समितिको २०८१ वैशाख ७ गतेको निर्णय अनुसार वैशाख २८ गते विज्ञापन खोल्ने निर्णय गरेको थियो । सैनामैना नगरपालिका शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहिको अनुमतिमा बैशाख २८ गते उक्त विद्यालयले मेचीकाली दैनिक पत्रिकामा सूचना प्रकाशन ग¥यो तर विद्यालय, नगरपालिका लगायतका सम्वन्धीत ठाउँमा सूचना भने टास गरेनन् । हरेक कृयाकलाप सामाजिक सञ्जालमा राख्ने विद्यालयले शिक्षक भर्नाको विज्ञापन सामाजिक सञ्जालमा राखीएन । न विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, नत विद्यालयका प्रधानाध्यापक नत विद्यालयमा अध्यापन गराउने कुनै पनि शिक्षकले सामाजिक सञ्जालमानै यो सूचना खुलेको जानकारी गराए । यसले पनि आफ्ना मान्छे राख्न सूचना लुकाएको प्रष्ट हुन आउछ ।
अहिले विद्यालयले गरेको गल्ती पछि सैनामैना नगरपालिका शिक्षा शाखाले शिक्षा नियमावली २०५९ को नियम ७९ बमोजिम प्रकृया पुरा नगरेको भन्दै पुन विज्ञापन खुलाउन आदेश दिएको छ । विद्यालयले पुन विज्ञापन गरेको छ । विज्ञापन २०८० जेष्ठ २४ गते खुलाएको हो । विज्ञापन मेचिकालि दैनिकमा नै प्रकाशन गरेको विद्यालयले जनाएको छ भने टास गर्न पर्ने ठाउँमा समेत टास गरेको विद्यालयले जनाएको छ । स्थानियका अनुसार सञ्चालक समिती र विद्यालय मिलेर आफ्ना मान्छे राख्दा शिक्षाको गुणस्तरमा समेत असर पर्ने बताएका छन् । शैक्षिक संस्थामा यो किसिमको कृयाकलाप देखिनु राम्रो नभएको स्थानियको गुनासोे छ । शिक्षक प्रतिस्पर्धा बाट राखिनु पर्छ प्रतिस्पर्धाले राम्रा शिक्षक आउने र शिक्षाको गुणस्तर बृद्धि हुने अभिभावकहरु बताउछन् ।