स्याङ्जामा बसको ठक्करले घाइते वृद्धको मृत्यु

९ असार, काठमाडौं । स्याङ्जाको वालिङमा बसको ठक्करले घाइते भएका वृद्धको मृत्यु भएको छ ।

आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका(८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले विरुवा गाउँपालिका(६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापालाई ठक्कर दिएको थियो ।

 

सोही बसमा यात्रा गरेका थापा ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र वालिङ लगिएकामा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation