बाढी, पहिरो र चट्याङबाट प्रभावित परिवारलाई राहत दिन माग

१३ असार, काठमाडौं । सांसदहरूले बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्‌बाट मृत्यु भएकाहरूका परिवार र घाइतेलाई राहत दिन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्‌बाट प्रभावित भएकाहरूलाई ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

 

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे ।

 

विराटनगर जलमग्न भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले तत्काल उद्धारका लागि आग्रह गरे ।

कांगेस सांसद रामहरि खतिवडाले प्राकृतिक विपद्‌बाट धेरै जनधनको क्षति भएको बताए । खानेपानी, विद्युत् लगायतमा असर परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation